लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त
काठमाडौं, बुटवल - लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार दिउँसो मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद गरी ४२ जना सांसदको समर्थन छ ।
गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । केसीको पद तथा गोपनीयताको शपथ आजै हुने बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस