काठमाडौं-बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी हुँदा आइतबार र सोमबार आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालको मेडिकल स्टोरमा शनिबार बिहान आगलागी भएको थियो ।

मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा सर्ट सर्किट भइ आगलागी हुँदा तीन करोड बराबरको क्षति भएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले शनिबार भएको आगलागीका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको जानकारी दिएका छन् ।

आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ ।