महाअभियोगबारे निष्कर्ष लेख्ने जिम्मा ज्येष्ठ सदस्य विष्टलाई
खबर एक्सप्रेस
२०७९-०६-०१ ०७:१६ मा प्रकाशित
Total Shares: 170
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगका विषयमा निष्कर्ष लेख्ने जिम्मा महाअभियोग सिफारिस समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टलाई दिइएको छ ।
शनिबार बसेको समितिको बैठकले निष्कर्ष लेख्ने जिम्मा विष्टलाई दिएको समितिका सदस्य मिन बहादुर विश्वकर्माले जानकारी दिए । प्रतिवेदनमा अन्तिम निष्कर्षमा एक मत भए पारित गर्ने फरक मत भए थप छलफल गरिनेछ ।
प्रतिवेदन पारित भएपछि आजै सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने तयारी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस