कोरोना फेरि बढ्दैछ, जेठ-असारमा उच्च बिन्दुमा पुग्नसक्छ : स्वास्थ्यमन्त्री
खबर एक्सप्रेस
२०७७-१२-२३ ०३:४२ मा प्रकाशित
Total Shares: 265
काठमाडौं - सरकारले फेरि कोरोना संक्रमण बढ्ने आंकलन गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रतिनिधि सभा बैठकमा सो जानकारी गराएका हुन्।
‘आज सोमबारसम्म विगत २४ घण्टामा ४ हजार ५ सय ३६ को पीसीआर परीक्षण गर्दा २ सय ६७ जना संक्रमित फेला परेका छन्।’ उनले भने, ‘यसले के संकेत गर्छ भने हामीकहाँ विस्तारै कोरोना संक्रमण हुने क्रम फेरि बढ्दैछ, अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ-असारमा अर्को उच्च विन्दुमा पुग्नसक्छ ।’
भारतमा बढ्दो संक्रमणले नेपाललाई थप सचेत बनाएको त्रिपाठीले बताए ।
फेसबुक पेज Like गर्नुहोस