काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बुधबार तोलामा २ सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १  हजार १९५ रुपैयाँमा कारोबार भैरहेको छ ।