नविल बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना
खबर एक्सप्रेस
२०७९-०२-१० ११:५८ मा प्रकाशित
Total Shares: 474
काठमाडौं - नविल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्ञानेन्द्र ढुंगाना नियुक्त भएका छन् । बैंकको हालै सम्पन्र विशेष साधारणसभाले ढुंगानालाई असार १७ गतेबाट लागू हुने गरी सीईओमा नियुक्त गरेको हो ।
यसअघि संचालक समितिको बैठकले ढुंगानालाई सीईओमा नियुक्ती गर्ने प्रस्ताव पेश गरेको थियो । उक्त प्रस्ताव बैंकको साधारणसभाबाट अनुमोदन भएको हो ।
नबिल बैंकका वर्तमान सीईओ अनिल केशरी शाहको कार्यकाल १० गते सकिँदैछ । यसअघि ढुंगाना नेपाल बंगलादेश बैंक (एनबी)को सिईओ थिए । बैंकको संचालक समितिले एनबी बैंक र नबिल बैंकबीचको एकिकृत कारोबार गर्दा सीइओ ढुंगाना रहने गरी नियुक्त गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस