नारायणी अस्पतालमा अख्तियारको छापा
खबर एक्सप्रेस
१९७०-०१-०१ ०५:३० मा प्रकाशित
Total Shares: 368
काठमाडौं - अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्जस्थित नारायणी अस्पतालमा छापा मारेको छ।
अस्पतालको औषधि पसलमा व्यापक अनियमितता भएको भनी उजुरी परेपछि सोमबार अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीले छापा मारेको हो।
टोलीले अहिले पसलमा औषधि खरिदलगायतका कागजातहरु नियन्त्रणमा लिएर जाँचबुझ गरिरहेको एक उच्च अधिकृतले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस