उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्यमा आचार्य मनोनित
खबर एक्सप्रेस
२०८०-११-२३ ११:२८ मा प्रकाशित
Total Shares: 83
काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा भरतराज आचार्य मनोनित भएका छन् । अध्यक्ष चन्द्रप्रसाद ढकालले कार्यकारिणी समिति सदस्यमा महासंघको विधानको दफा ३४.१ को खण्ड (ण) र दफा ३४.६ अनुसार आचार्यलाई मनोनित गरेका हुन् ।आचार्यलाई महासंघ अध्यक्ष ढकालले मंगलबार पद तथा गोपनीयताको सपथ गराए । यसअघि आचार्यले महासंघमा रोजगारदाता परिषद्को उप सभापति एवम् उद्योग समितिको सभापतिको जिम्मेवारी समेत सम्हालेका छन् ।
फेसबुक पेज Like गर्नुहोस