माओवादीले सांसदबाट पदमुक्त गरेपछि मन्त्री प्रभु साह प्रचण्डप्रति आक्रोशित
काठमाडौं - नेकपा माओवादी केन्द्र त्यागेर एमाले सरकारका सहरी विकास मन्त्री बनेका प्रभु साहले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोखेका छन् ।
मंगलबार माओवादी केन्द्रले प्रभु साहसहित पार्टीका ४ सांसदलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट कारबाही गर्दै सांसदबाट समेत पदमुक्त गरेको थियो । त्यसपछि बुधबार सामाजिक सञ्जालमार्फत साहले प्रचण्डको उक्त निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा भएको बताएका हुन् ।
साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधि माथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले नसुहाउने उनको भनाई छ । ‘जनताबाट प्रत्यक्ष निर्वाचित सांसदलाई पद मुक्त गर्ने प्रचण्डको निर्णय लोकतन्त्रको उपहास एवम् निरंकुशताको पराकाष्ठा हो ।’ उनले भनेका छन्, ‘आफु चुनाव जित्नलाई नेकपा एमालेसंग एकतारसहकार्य गर्ने, नेकपा अध्यक्षको हैसियतमा सर्वोच्च अदालतमा पुनरावलोकन गर्ने र अहिलेसम्म सरकारलाई समर्थन दिईराख़्नेहरूले हामी साझा घोषणा-पत्र एवं संयुक्त मतबाट निर्वाचित जनप्रतिनिधिमाथी कथित दल त्यागको कानुनी डण्डा चलाउनु कुनै नैतिकताले सुहाउदैन ।’
यस्तै, साहले निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरूआज फेरि नांगै भएको पनि बताएका छन् । ‘ निर्वाचित जनप्रतिनिधिलाई त्रसित र सिंगै संसदलाई पंगु बनाउने यो खेलले आफुलाई कथित संसद पुनर्स्थापनाको पक्षधर बताउनेहरू आज फेरि नांगै भएकाछन । अर्थात् रूपमा अहिलेकैं संसद सुचारू हुनुपर्छ भनेर माग गर्ने तर सारमा जनभावना एवं लोकतान्त्रिक मान्यता विपरीत प्राविधिक/कानूनी आडमा सम्मानित सदन तथा जनताको सच्चा प्रतिनिधिको रुपमा क्रियाशील सांसदहरुको पदमाथि यसरी अनुचित रुपमा हमलाको दुसप्रयास गर्नु आफैंमा प्रतिगामी कार्य हो ।’ उनले भनेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस