काठमाडौं - शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले ठक्कर दिँदा एक पैदलयात्री गम्भिर घाइते भएका छन् । 

पूर्व-पश्चिम राजमार्गस्थित सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले ठक्कर दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुरका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् । दुर्घटना लगत्तै मन्त्री सवार गाडी भागेको स्थानीयले बताए । 

प्रहरीका अनुसार तामाङको स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । उनको कम्मर र खुट्टामा चोट लागेको छ ।