यस्तो छ आजको मौसम पूर्वानुमान
खबर एक्सप्रेस
२०७८-०४-०९ १०:०४ मा प्रकाशित
Total Shares: 252
काठमाडौं - आज बागमती प्रदेशको एकरदुई स्थानमा भारी बर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मनसुनी वायुको प्रभावले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।
यस्तै, आज राति देशभर सामान्यतया बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस