नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ भयोः प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र नेपाली जनताको अधिकार र पहिचानका विरुद्ध सेटिङ भएको बताएका छन् । शुक्रबार वामपन्थी नेता स्व. माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै प्रचण्डले सेटिङकै कारण नेपाली समाज फासिँवादी निरंकुशतातिर जाने खतरा रहेको बताए । प्राप्त गरिएका राजनीतिक परिवर्तनहरुलाई उल्ट्याउँदै नेपाली समाजलाई फासिँवादी निरंकुशतातर्फ लैजाने खतरा बढेको बताए ।
देश भित्र र बाहिरका शक्तिहरु संवैधानिक निकायहरु समेतको संलग्नतामा सेटिङमा लागेको भन्दै उनले संविधान, ऐन र मूल्यमान्यताले काम नगर्ने तर सेटिङले काम गर्ने अवस्था अहिले रहेको बताए ।
अध्यक्ष प्रचण्डले वामपन्थी आन्दोलनले हासिल गरेका उपलब्धीहरुमाथि प्रहार हुन थालेको बताए । उनलेले वर्तमान सरकार अपारदर्शी, अराजक र भ्रष्ट हुँदै गएकोले कम्युनिष्ट प्रति जनताको भरोसा टुट्ने खतरा पैदा भएको बताए ।
फेसबुक पेज Like गर्नुहोस