कोरोनाका कारण महिलाको मृत्यु भएपछि बलेफी र बाह्रबिसेमा उच्च सतर्कता
सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा कोरोनाका कारण एक महिलाको मृत्यु भएपछि उनको प्रारम्भिक उपचार गरिएको अस्पताल तथा गाउँक्षेत्रमा उच्च सर्तकता अपनाइएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुरुप संक्रमण फैलिने त्रासमा बलेफी गाउँपालिका वडा ७, ८ देखि बाह्रबिसे नगरपालिका, बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र सिल गरिएको छ । बाह्रबिसे नगरक्षेत्रकी सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएपछि स्थानीयमा त्रास बढेको छ ।
बाह्रबिसे स्वास्थ्य केन्द्र, चालिसे गाउँदेखि बजारक्षेत्रमा आवागमन पूर्ण रुपमा ठप्प पारिएको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ ।मृतकको गाउँमा गएर स्थानीयको तथ्याकं संकलन गर्ने काम तीव्र रुपमा भएको छ ।
उक्त महिलाको सम्पर्कमा रहेका व्यक्तिहरुकोे कन्ट्राक्टट ट्रेसिङ गरी पीसीआर परीक्षणका लागि क्वारेन्टाइनमा राखी स्वाब संकलन गरी पठाउने जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको छ । त्यसको लागि चौतारा अस्पतालका डाक्टर निश्चल बोगटीसहितको टोली स्वाब संकलनका लागि आज त्यसतर्फ जादैछ ।
धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएकी ती २९ बर्षिय सुत्केरी महिलाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।यता, धुलिखेल अस्पतालले आकस्मिक कक्ष सिल गरेको छ । महिलाको सम्र्पकमा आएका ६ जना व्यक्तिहरुलाई आइसोलेसन कक्षमा राखिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस