लुम्बिनीका प्रस्तावित मुख्यमन्त्रीसहित दुई मन्त्रीले दिए राजीनामा
खबर एक्सप्रेस
२०७८-०१-०६ ०१:५१ मा प्रकाशित
Total Shares: 248
काठमाडौं - लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल छन् ।
केसीलाई भावी मुख्यमन्त्रीमा प्रस्तावसमेत गरिएको छ।
फेसबुक पेज Like गर्नुहोस