काठमाडौं - राष्ट्रिय सभाका एक सांसदमा कोरोना संक्रमण भएको छ ।

बिहीबार स्वाब परीक्षण गराएकामध्ये राष्ट्रियसभाका एक सांसद र ५ जना कर्मचारी गरी ६ जनामा संक्रमण देखिएको संसद् सचिवालयले जानकारी दिएको छ । बिहीबार ४१ सांसदसहित ९७ जनाको कोरोना परीक्षण गरिएको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । आजको बैठक दिउँसो ४ बजे बस्ने बताइएको छ ।