भेटिए महोत्तरीबाट हराएका सात बालिका र किशोरी
काठमाडौं - महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरमा हराइरहेका सात बालिका र किशोरी फेला परेका छन् ।
उनीहरू बुधबार भारतको सीतामढीमा फेला परेका हुन्। भंगहा नगरपालिकाका मेयर सञ्जीव साहका अनुसार अहिले उनीहरूलाई त्यहाँको रेलवे-स्टेसनबाट घरतर्फ ल्याइँदै गरिएको छ ।
मङ्गलबार दिउँसो घाँस काट्न भनी समूहमा निस्केका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय नगिना पासवान र अस्मिता पासवान सम्पर्कविहीन भएका थिए । उनीहरु राति अबेरसम्म घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । उनीहरूलाई कसैले बन्धक बनाएको हुन सक्ने आशंका गरिएको थियो ।
त्यसपछि खटिएको नेपाल प्रहरी र भारतीय प्रहरीको सहयोगमा उनीहरुलाई फेला पार्न सकिएको हो । उनीहरु कसरी त्यहाँ पुगे भन्ने विषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस