काठमाडौं - नेपालमा पछिल्लो ६ वर्षमा गैँडाको संख्या बढेको छ । 

पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गणनाको आज सार्वजनिक गरिएको नतिजाअनुसार गैंडाको संख्या ७५२ पुगेको हो । योसँगै १०७ वटा गैंडा थपिएको पाइएको छ । पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६४५ वटा गैँडा थिए । 

सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा फेला परेका छन् । उक्त स्थानमा ६९४ वटा गैंडा रहेको छ । यस्तै, बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गैंडा रहेको पाइएको छ ।