काठमाडौं - महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जवान-हवल्दारको ब्यारेकमा साताको एक दिन अनिवार्य सुत्न प्रहरी अधिकृतलाई निर्देशन दिएका छन्। डिआइजी पोखरेलको यो काम प्रसंशानिय मानिएको छ ।
आइतबार महानगरीय प्रहरी परिसर ललितपुरमा प्रहरी कार्यालयहरुको निरीक्षणमा गर्दै डिआइजी पोखरेलले प्रहरी कर्मचारीले आफूलाई परेको समस्याको समाधान संगठन भित्रैबाट खोज्नुपर्ने बताए।
संठनमा माथिल्लो र तल्लो दर्जाका प्रहरी कर्मचारीबीच विभेद रहेको गुनासो बढ्दै गएका बेला डिआइजी पोखरेलको यो कदमले तल्लो तहका प्रहरीहरुमा खुसियाली छाएको छ उनलेे प्रहरी कर्मचारीको दैनिकीप्रति जानकार रहनुपर्ने बताएका छन् ।

.gif)


