काठमाडौं - नेकपा ओली समूहको  स्थायी कमिटीको बैठक आज बस्दैछ । 

सो समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न विहान ११ बजे बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएको स्रोतले बताएको छ ।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णय सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि काठमाडौंमा उपलब्ध नेताहरुलाई बोलाइएको हो । 

पार्टीको विवादका कारण प्रधानमन्त्री ओलीले गत पुस ५ गते  संसद विघटन गरेपछि सत्तारुढ नेकपा दुई चिरामा विभाजन भएको थियो । ओली र प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक छुट्टाछुट्टै रुपमा बस्दै आएको थियो ।