फेरि लाख नाघ्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७८-१२-०८ ११:१५ मा प्रकाशित
Total Shares: 171
काठमाडौं - नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९९ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ मंगलबार ८ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९९ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला एक हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २० रुपैयाँले बढेर एक हजार ३९५ रुपैयाँ मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस