प्रतिनिधि सभाबाट स्ट्यान्डर्ड नाप र तौल विधेयक पारित
खबर एक्सप्रेस
२०७९-०५-०१ ०३:३६ मा प्रकाशित
Total Shares: 336
काठमाडौं - प्रतिनिधिसभाको बैठकले राष्ट्रियसभाको सन्देशसहितको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक’२०७८ बहुमतले पारित गरेको छ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए। सो विद्येयकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री बडूले जवाफ दिएका थिए।
सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि संशोधन प्रस्ताव राखेका थिए। संशोधन प्रस्ताव अस्वीकार गर्दै सदनमा बहुमतले सो विधेयक पारित भएको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस