काठमाडौं - राष्ट्रिय सभा सदस्यमा मनोनीत नेकपाका उपाध्यक्ष वामदेव गौतम विरुद्ध परेका रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएका गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने कार्य संविधानविपरीत भएको दाबी वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्चमा रिट दिएका थिए ।

वरिष्ठ अधिवक्ता त्रिपाठीको निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै नेकपालाई समेत विपक्षी बनाइएको थियो । निवेदनको पेसी न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा तोकिएको छ ।