धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस
खबर एक्सप्रेस
२०७८-११-०२ ०६:५२ मा प्रकाशित
Total Shares: 332
काठमाडौं - नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
नाम सिफारिस हुनेमा कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमाल रहेका छन् । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ ।
अध्यक्षका लागि १५ जनाको आवेदन परेकोमा छनोट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वाताका लागि बोलाएको थियो । पाँच जना मध्येबाट पनि तीन जना छनोट भएका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस