मौसम : मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
खबर एक्सप्रेस
२०७६-१२-०६ ०७:४३ मा प्रकाशित
Total Shares: 495
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिएको छ ।
बिहीबार महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।
यसैगरी, पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि मध्य र पश्चिमी पहाडी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस