ओरालो लाग्यो सुनको भाउ
खबर एक्सप्रेस
२०७६-११-२९ १२:३९ मा प्रकाशित
Total Shares: 344
काठमाडौं - आज सुनको मूल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा ८ सयले घटेर ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला ८१ हजार २ सयमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस