काठमाडौं– बुधबार पनि सुनको मूल्य ओरालो लागेको छ। सुनको मूल्य आज तोलामा चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

छापावाल सुन आज प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

मंगलबार पनि सुनको मूल्य अघिल्लो दिनको तुलनामा ५ सय रुपैयाँले घटेको थियो। मंगलबार सुन ८६ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। यसैगरी आज तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको छ। 

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँ घटेको हो। आज चाँदीे ११ सय ९५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।