आफू पक्षीय जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आज विराटनगर जाँदै
खबर एक्सप्रेस
२०७७-११-०८ ०८:२२ मा प्रकाशित
Total Shares: 326
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जाँदै छन् ।
नेकपाको ओली पक्षले विराटनगरमा गर्न लागेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।सभामा ओलीसहित गृहमन्त्री राम बहादुर थापा, नेता सुवास चन्द नेम्वाङ, प्रदेश मुख्यमन्त्री शेरधन राईलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
विराटनगरको विराट नर्सिङ होम अगाडि हुने आमसभाको तयारीका लागि मञ्च व्यवस्थापन गरिएको छ । जनसभालाई सफल बनाउन स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि देखि प्रदेशका सांसद र मन्त्री, मुख्यमन्त्री समेत लागिरहेका छन् ।
जनसभाको लागि सो पक्षले यसअघि नै बृहत् मोटरसाइकल र्याली तथा मार्चपास गरिसकेको छ।
फेसबुक पेज Like गर्नुहोस