काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २८२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १२  हजार ८१ र एन्टिजेन विधिबाट ३ हजार ४०७ जनामा परिक्षण गर्दा १ हजार २८२ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ९२ हजार ३६७ र एन्टिजेनबाट ९० हजार ८५४ जना पुगेको छ ।  

यस्तै, आज थप १२६२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ७ लाख ६२ हजार ४१६ जना पुगेको छ । निको हुने दर ९६.२ प्रतिशत रहेको छ ।   

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार १०३ पुगेको छ । हाल देशभर सक्रिय  संक्रमितको संख्या १८ हजार ८४८ रहेको छ ।