मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीलाई आईसीयूमा सारियो
काठमाडौं - सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक शल्यक्रिया भएपछि प्रधानमन्त्री ओलीलाई आईसीयूमा सारिएको छ।
बुधबार अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण गरेका थिए । उहाँलाई आईसीयूमा राखेपछि औपचारिक जानकारी भने केहीबेरपछि दिइने छ।’
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई बुधबार बिहान सबा १० बजे शल्यक्रिया कक्षमा लगिएको थियो ।
अस्पतालभित्र शल्यक्रिया भइरहँदा बाहिर नेकपाका नेता कार्यकर्ता, शुभचिन्तक र सर्वसाधरण प्रधानमन्त्रीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गरिरहेका छन्। प्रधानमन्त्रीको तस्बिर अंकित प्लेकार्ड प्रदर्शन गरिएका छन्।
फेसबुक पेज Like गर्नुहोस