सानिमा बैंकले ल्यायो ‘ग्रीन पिन’
खबर एक्सप्रेस
२०७९-०२-२७ १०:२६ मा प्रकाशित
Total Shares: 168
काठमाडौं - सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ ।
ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एस्.एम्.एस्.द्वारा पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन परिवर्तन गर्न सक्नेछन् । उक्त कोड पाएको २४ घन्टाभित्र नजिकैको सानिमा बैंकको ए.टि.एम् मा गएर पिन परिवर्तन गर्नु पर्ने छ ।
ग्रीन पिनको मुख्य उद्देश्य कागजी पिनलाई निरुत्साहित गर्नु र डिजिटल बैंकिङ्गलाई अझ सहज, सुरक्षित र सुबिधाजनक बनाउनु हो । सानिमा बैंकको देशको सातै प्रदेशमा १२६ बाट कार्यालय तथा ११७ वटा ए. टि. एम् संचालनमा रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस