बादलको राष्ट्रियसभा सदस्य पद गुम्यो, गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त
खबर एक्सप्रेस
२०७८-०१-०५ १०:४१ मा प्रकाशित
Total Shares: 334
काठमाडौं - गृहमन्त्री रामबहादुर थापा बादलको राष्ट्रियसभा सदस्य पद गुमेको छ ।
नेकपा माओवादी केन्द्रले कारबाही गरेसँगै राष्ट्रिय सभा सचिवालयले आज सूचना जारी गरेर थापाको पद खारेज भएको जानकारी दिएको हो । याेसँगै उनकाे मन्त्री पदसमेत स्वतः गुमेको छ।
एकिकृत नेकपालाई सर्वोच्च अदालतले खारेज गरेसँगै बादल नेकपा एमालेतर्फ लागेका थिए । यसअघि माओवादीले एमालेमा लागेर मन्त्री बनेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाईसमेत सांसद पदबाट मुक्त गरिसकेको छ ।
सूचना-
फेसबुक पेज Like गर्नुहोस