रूकुमपूर्वको ओढारमा भेटियो ठूलो संख्यामा सकेट बम
खबर एक्सप्रेस
२०७८-११-२७ १०:२१ मा प्रकाशित
Total Shares: 209
काठमाडौं - रूकुम पूर्वको एक ओढारमा ठूलो संख्यामा सकेट बम फेला परेको छ।
सिस्ने गाउँपालिका–२ बुर्किसल्लाको जंगलमा रहेको ओढारमा कालो ड्रमभित्र ठूलो संख्यामा बम फेला परेको रूकुमपूर्व जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिहीबार दिउँसो ओढारमा प्लास्टिकको ड्रममा लुकाएर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परे स्थानीयले प्रहरीलाई खबर गरेको थियो । ती बमहरू पुराना रहेकाले युद्वकालमै लुकाएर राखिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस