रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट
खबर एक्सप्रेस
२०७८-०२-१५ ०६:०८ मा प्रकाशित
Total Shares: 295
काठमाडौं - सरकारले रेलमार्गका लागि १० अर्ब ३ करोड बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पौडेले रेलमार्गका लागि उक्त बजेट विनियोजन गरेको बताएका हुन् ।
आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा मेट्रोरेल सञ्चालनको सम्भाव्यता अध्ययन गरिने उनले बताए ।
यस्तै,सरकारले रक्सौल–काठमाडौं र केरुङ–काठमाडौं–पोखरा रेलमार्गको पनि सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
सरकारले ३ सयवटा पुल निर्माणका लागि ११ अर्ब १० करोड बजेट विनियोजन गरेको छ । काठमाडौं-तराई फास्ट ट्र्याक निर्माणका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ ।
फेसबुक पेज Like गर्नुहोस