राष्ट्रपति भण्डारीको आलोचनाप्रति एमालेको आपत्ति
काठमाडौं - नागरिकता विधेयक फिर्ता गरेपछि सत्तारुढ दलका नेताहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गरेकोप्रति प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ ।
उनले राष्ट्रपति भण्डारीबाट नागरिकता विधेयक सन्देशसहित फिर्ता हुनु दलहरूका लागि सो विधेयकमा राष्ट्रिय सहमति तय गर्ने सुवर्ण अवसर भएको बताए । सांसद भट्टराईले राष्ट्रपतिले दिएको सुवर्ण अवसरको सदुपयोग गर्दै वैवाहिक अंगिकृत नागरिकता प्राप्तिको वर्तमान व्यवस्था बदलेर कम्तिमा ७ वर्षे समयसीमा राख्नुपर्ने जिकिर गरे । उनले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरु एक ठाउँमा उभिएर नागरिकता जस्तो विषयमा साझा धारणा तयार गरेर अगाडि बढ्न आह्वान गरे ।
उनले राष्ट्रपति हाम्रो संस्था र गरिमा भएकाले त्यो संस्थालाई विवादमा पार्ने काम कसैले गर्न नहुने बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस