नेशनल लाईफ इन्स्योरेन्सद्धारा २५ लाखको बीमा दावी भुक्तानी
खबर एक्सप्रेस
२०७८-०२-१३ ०४:३१ मा प्रकाशित
Total Shares: 310
काठमाडौं - नेशनल लाईफ इन्स्योरेन्सले २५ लाखको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लहान शाखाले घातक रोग बीमा अन्तर्गत २५ लाखको बीमा दावी भुक्तानी गरेको हो ।
कम्पनीले मंगलबार सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन बीमा वापतको रकम भुक्तानी गरेको हो । उक्त रकम पोद्दारका भतिज गोविन्द अग्रवाललाई कम्पनीले हस्तानतरण गरेको छ ।
पोद्दारले मिती २०७६।०६।२७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेकी थिइन् ।
फेसबुक पेज Like गर्नुहोस