विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्री ओलीले गरे टर्कीका राष्ट्रपतिलाई फोन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र टर्कीका राष्ट्रपति रेकेप तय्यिप इर्डोगनसँग टेलिफोन संवाद गरेका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारबाट प्रधानमन्त्री ओलीले उनीसँग फोनवार्ता गरेका हुन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइका लागि थप पहल गरिदिन आग्रह गरे ।
जवाफमा राष्ट्रपति रेकेपले यस विषयलाई आफूले गम्भीर चासोका रुपमा लिइ पहल गर्ने तथा यसबारे विपिनको परिवार र नेपाली समाजलाई जानकारी दिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले इजरायलमाथि आक्रमणका क्रममा सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका जोशीको रिहाइका लागि पहल गरिदिन गत फागुन २७ गते इजिप्टका राष्ट्रपतिसँग टेलिफोन कुराकानी गरेका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस