देशभर ५१ जना कोरोना संक्रमित थपिए
खबर एक्सप्रेस
२०७९-०६-२६ ०५:५६ मा प्रकाशित
Total Shares: 140
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४३ जनाको पीसीआर परीक्षणमा ४५ जना र ९८० जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा कसैको मृत्यु भएको छैन ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट २२ जना निको भएका छन् । हाल देशभर ५९८ जना सक्रिय संक्रमित रहेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस