उकालो लाग्यो सुनचाँदीको मूल्य
खबर एक्सप्रेस
२०७८-०५-०८ ११:५८ मा प्रकाशित
Total Shares: 294
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन मंगलबार तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।

.gif)


फेसबुक पेज Like गर्नुहोस