यौन हिंसासम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत
खबर एक्सप्रेस
२०७९-०२-२७ ११:२६ मा प्रकाशित
Total Shares: 176
काठमाडौं - यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ लाई छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरिएको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकले सो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकले सर्वसम्मतले स्वीकृत गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस