काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु बालुवाटार पुगेका छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा भाग लिन झलनाथ खनालको नेतृत्वमा उनीहरु बालुवाटार पुगेका हुन् । बैठकमा माधवकुमार नेपाल र भीम रावल भने गएका छैनन् ।

शुक्रबार कलंकीमा बसेको आफू पक्षका केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा जाने निर्णय गरेको थियो । बैठकपछि नेता रावलले पत्रकारहरुसँग कुरा गर्दै सो बैठकमा नजाने बताएका थिए ।