टप एन्ड टी–२० सिरिज : होबर्ट हुरिकेन्ससँग भिड्दै नेपाल
खबर एक्सप्रेस
२०८२-०५-०३ १०:२० मा प्रकाशित
Total Shares: 56
काठमाडौं - अस्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० शृङ्खलाको आफ्नो चौथौ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार पार्मस्टनमा बिहान सवा ११ बजे शुरु हुनेछ । आफ्नो तेस्रो खेलमा नेपाल मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो ।
त्यसअघि दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग र पहिलो खेलमा आयोजक टोली नर्थन टेरिटोरी स्ट्राइकसँग पराजित भएको थियो । प्रतियोगीतामा नेपालले अहिलेसम्म तीन खेलमा लगातार हार बेहोरिसकेको छ । प्रतियोगितामा ११ वटा टोली छन् । सहभागी हरेक टोलीले लिग चरणमा छ खेल खेल्नेछन् ।
प्रतियोगिताअन्तर्गत नेपालले भोलि मेलबर्न रेनेगेड्ससँग र आउँदो शुक्रवार पाकिस्तान साहिन्ससँग खेल्ने छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस