रुपन्देही र मनाङको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस
खबर एक्सप्रेस
२०८२-०५-१७ ०७:०४ मा प्रकाशित
Total Shares: 65
काठमाडौं - रुपन्देही–३ र मनाङको प्रदेशसभा–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सिफारिस गरिएको छ ।
न्याय परिषद्को मङ्गलबारको बैठकले रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनका लागि रुपन्देही जिल्ला अदालतका न्यायाधीश अशोककुमार बस्नेतलाई मुख्य निर्वाचन अधिकृत बनाउने सिफारिस गरेको हो ।
यसैगरी मनाङको प्रदेशसभा क्षेत्र नम्बर–२ को उपनिर्वाचनका लागि मनाङ जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ ।
अब निर्वाचन आयोगले उनीहरूलाई नियुक्त गरेपछि आधिकारिक रूपमा उनीहरूले जिम्मेवारी सम्हाल्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस