आज नयाँ नेतृत्व चयन गर्दै एकीकृत समाजवादी
काठमाडौं - नेकपा (एकीकृत समाजवादी) को १०औँ राष्ट्रिय महाधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ ।
शीर्ष नेताहरूबीच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन । महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ ।
मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उमेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची आजलाई तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्तरूपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ ।
असार १६ देखि २० गतेसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । एक हजार ८४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदान गर्नेछन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस