काठमाडौं - नेपालले इरान र इजरायललाई अधितकतम संयम हुन अनुरोध गर्दै वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ ।

इरानले गए राति इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेपछि परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै दुवै देशलाई संयम हुन भनेको हो ।

मन्त्रालयले भनेको छ, ‘नेपाल सरकारले पश्चिम एसिया क्षेत्रको विकासलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा बढ्दो तनाव र शत्रुताप्रति हामी गम्भीर रूपमा चिन्तित छौँ ।’

मन्त्रालयले युद्धको शान्तिपूर्ण समाधान हुने विश्वास व्यक्त गरेको छ । वार्ता र कूटनीतिको माध्यमबाट युद्धको समाधान खोज्न मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले सम्बन्धित पक्षलाई अधिकतम संयम अपनाउँदै वार्ता र कूटनीतिको माध्यमबाट शान्ति स्थापना गर्न आह्वान गरेको छ । पश्चिम एसियामा बढ्दो तनाव र सत्रुताले नेपाल चिन्तित बनेको पनि विज्ञप्तिमा उल्लेख छ ।