भैंसेपाटी बैठकको २४ घण्टे अल्टिमेटम : शुक्रबार अध्यादेश फिर्ता नलिए शनिबार स्थायी कमिटी
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको भैंसीपार्टीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सहित बहुमत सचिवालय सदस्यको बैठकले प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले शुक्रबारसम्म अध्यादेश फिर्ता नलिए शनिबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरको छ। बिहीबार साँझ भैंसेपाटीमा बसेको बैठकले निर्णय फिर्ता लिन ओलीलाई दबाब दिने निर्णय गरेको हो।
हामीले २४ घण्टाभित्र निर्णय फिर्ता लिन आग्रह गरेका छौ', बैठकमा सहभागी एक नेताले भने, 'अध्यादेशको निर्णय फिर्ता नलिए शनिबार स्थायी कमिटी बैठक बोलाउने छौं।' ति नेताका अनुसार बैठकमा ओलीले गरेका पछिल्ला कामहरुको बारेमा पनि छलफल भएको थियो।
बैठकमा सहभागी सबै नेताहरुले अध्यादेश फिर्ता लिनुपर्ने बताएका थिए। प्रचण्डसहित वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी रहेका थिए। नेकपाभित्रको आन्तरिक विवाद चुलिदै गएको अवस्थामा बसेको यो बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ।
नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलबाहेक अरु ६ नेता भैंसीपाटीमा सहभागी थिए। भैंसीपाटीमा बैठक बस्दै गरेको अवस्थामा प्रधानमन्त्री ओली भने राष्ट्रपति विद्या भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए। विवादित अध्यादेशका बारेमा परामर्श गर्न ओली शितल निवास गएका हुन्।
अन्नपूर्ण दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस