बीरगंजमा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु
खबर एक्सप्रेस
२०७८-०१-०२ १०:३५ मा प्रकाशित
Total Shares: 442
काठमाडौं,बीरगंज - बीरगंजमा कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ ।
बीरगंजको नारायणी अस्पतालमा आज उपचारको क्रममा कोरोना भाइरस सङ्क्रमित एक महिलाको मृत्यु भएको हो ।
बीरगंज महानगरपालिका वडा नम्बर २ छपकैयाकी ४२ बर्षिय महिलाको आज बिहान ८.१६ बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड–१९ कोर्डिनेटर डा.सरोज रोशन दासले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि गत चैत्र २९ गते राति नारायणी अस्पतालमा भर्ना भएकी महिलाको चैत्र ३० गते पिसीआर परीक्षणको क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालमा उपचार भइरहेको अवस्थामा उनको मृत्यु भएको डा.दासले बताए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस