‘काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था भए राजनीति सही ट्रयाकमा आउँछ’
काठमाडौं - जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले बहुमतको सरकारले काम गर्न दिईएन भनेर संसद विघटन गर्नु सामान्य घटना नभएको बताएका छन् ।
आइतबार रूपन्देहीको भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राउतले करिब दुई तिहाई बहुमतको सरकारले काम गर्न दिईएन भनेर संसद विघटन गर्नु आफैंमा असामान्य घटना भएको बताएका हुन् । नेपालमा धेरै व्यवस्था फेरिए पनि अवस्था नफेरिएको राउतको भनाई छ ।
यस्तै, उनले निर्वाचित जनप्रतिनिधिले जनताको अपेक्षा पूरा गर्न नसकेको पनि बताएका छन् । ‘जनताले मुलुकको विकास गर, स्वदेशमै रोजगारी सिर्जना गर र संघीयताको संरक्षण गर भनेर मत दिएर पठाएका हुन्।’ उनले भने, ‘तर सरकारले त्यसअनुसार काम गर्न सकेन।’ जनप्रतिनिधिले जनताको अपेक्षा पूरा नगरे फिर्ता बोलाउन पाउनुपर्ने व्यवस्था भए मात्रै राजनीति सही ट्रयाक आउने उनको भनाई थियो ।
फेसबुक पेज Like गर्नुहोस