काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि तीन दलको बैठक बोलाएको छ । 

बिहीबार कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार दिउँसो ३ः०० बजे पार्टी कार्यालय सानेपामा जनता समाजवादी पार्टी (जसपा) र नेकपा (माओवादी केन्द्र)सँगको बैठक बोलाएका हुन् । जसपा र माओवादी केन्द्र दुवै पार्टीलाई बैठकबारे जानकारी दिइसकिएको छ । 

केही दिअघि मात्र कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले  प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्न अग्रसरता लिने निर्णय गरेको थियो ।