उच्चको आदेशसँगै महानगर पुगेर काममा खटिए राजुनाथ पाण्डे
खबर एक्सप्रेस
८ घण्टा अगाडि
Total Shares: 6
काठमाडौं - काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे बिहीबार कार्यालयमा पुगेका छन् ।
बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
सोही आदेशपछि पाण्डे बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम सुरु गरेका छन् । उच्च अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।
निलम्बित प्रहरी प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध उच्च अदालत पाटनमा मंगलबार निवेदन दर्ता गराएका थिए ।
यसअघि, प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए ।
फेसबुक पेज Like गर्नुहोस