आगलागीबाट जयगढ बजारमा २७ घर जले, सात करोडको क्षति
खबर एक्सप्रेस
२०८१-१२-२६ ०७:४२ मा प्रकाशित
Total Shares: 120
अछाम - अछामको जयगढ बजारमा भीषण आगलागी हुँदा दुई दर्जन बढी घर जलेका छन् ।
बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्रसमेत रहेको जयगढको मुख्य बजारमा मंगलबार साँझ एक पसलबाट शुरू भएको आगलागीबाट दुई दर्जन बढी घर जलेर नष्ट भएका हुन् ।
आगलागीबाट बजारका २७ घर र पसल जलेको अछाम प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण आइसकेको छैन । तर, अनुमानित सात करोडको क्षति भएको बताइएको छ ।
ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रूप लिएको उनको भनाइ छ । साँझ ७ बजेतिर लागेको आगो राति १२ बजे मात्रै नियन्त्रणमा लिइएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस